टी–२० विश्वकपः नेपाल वेस्ट इन्डिजसँग खेल्दै, जित्नै पर्ने दबाबमा
काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेल नेपालले आज (फागुन ३ गते) वेस्ट इन्डिजसँग खेल्दैछ। सो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
निरन्तर दुई खेलमा पराजित भएको नेपालले यस खेलमा जित्नै पर्ने दबाब छ। आजको खेलमा वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल समूह चरणबाट नै बाहिरिनेछ।
वेस्ट इन्डिजले भने समूह चरणका दुई खेल जितिसकेको छ। ४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले आज पनि जित निकालेमा सुपर ८ मा पुग्नेछ।
Visited 1 times, 1 visit(s) today


