चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र
काठमाडौं । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ।
भोलि महाशिवरात्रीमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महा आरती लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सक्नेछन्।







