नेपाल टेलिकममा ८० जनालाई रोजगारीको अवसर
काठमाडौं । नेपाल टेलिकममा जागिर खुलेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो।
कम्पनीले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्म कर्मचारी भर्ना गर्न लागेको हो। विभिन्न १२ पदमा कम्पनीले ८० जना कर्मचारी स्थायी पदपूर्ति गर्नेछ।
इक्छुक र योग्य उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद आउँदो फागुन ७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरी फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ।




