रेकर्ड मूल्यबाट प्रतितोला २० हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । शुक्रबार सुनको भाउ रेकर्ड मूल्यबाट प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको छ ।
नेपाली सुन चाँदी ब्यवसाय महंसघका अनुसर सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ वहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय थियो ।
यस दिन चाँदी पनि ४४० रुपैयाँले घटेको छ । बजारमा चाँदि प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबीक्री भइरहेको छ । वहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ थियो ।



