महेश बस्नेतले गराए भक्तपुर-२ बाट उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए ।
उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।
उनले भक्तपुरमा सवैलाई साथमा लिएर अघि बढ्ने र जनताले विश्वास गर्ने बताए ।



