काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन्। कांग्रेसले अझै पनि टिकट वितरण टुंग्याएको छैन।