पुँजीबजारमा बाँच्ने र बढ्ने रणनीति: SMART Friday Insight Series को Episode–04 आयोजना हुने
काठमाडौं । लगानीकर्ताको वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ SMART Growth Ventures Pvt. Ltd. द्वारा सुरु गरिएको ‘SMART Friday Insight Series’ निरन्तर लोकप्रिय बन्दै आफ्नो चौथो एपिसोडमा प्रवेश गर्न लागेको छ।
Episode–04, शीर्षक “How to Survive & Grow in the Stock Market”, आगामी शुक्रबार, माघ ०९, २०८२ (January 23, 2026) मा आयोजना हुने भएको छ। यस एपिसोडका वक्ता Capital Max Securities Limited (Broker No. 62) का Executive Chairman श्री अतित लाल श्रेष्ठ रहनेछन्।
कार्यक्रम साँझ ६:३० देखि ८:०० बजेसम्म Google Meet र YouTube Live मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
यस एपिसोडमा पुँजीबजारमा आउने उतार–चढावका बीच लगानीकर्ताले कसरी जोखिम व्यवस्थापन गर्ने, पूँजी सुरक्षित राख्ने, र दीर्घकालीन रूपमा बजारमा टिकेर कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल हुनेछ। वक्ताले आफ्ना व्यावहारिक अनुभव, रणनीति तथा वास्तविक बजार दृष्टान्तमार्फत लगानीकर्तालाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
यसअघि सम्पन्न Episode–01 मा “Use of Collateral Smartly” विषयमा Citizens Stock Broker (Broker No. 91) का CEO CA मनिष अर्याल वक्ता रहनुभएको थियो।
त्यसैगरी Episode–03 मा “Top Mistakes New Investors Make” विषयमा कलश स्टक मार्केट (Broker No. 74) का प्रबन्ध निर्देशक शालिकराम अधिकारी सँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो, जसले लगानीकर्ताबाट उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रिया पाएको थियो।
SMART Friday Insight Series का प्रमुख उद्देश्यहरू यस प्रकार रहेका छन्:
• पुँजीबजारसम्बन्धी आवश्यक विषयमा लगानीकर्तालाई सचेत र शिक्षित बनाउने।
• ब्रोकर र लगानीकर्ताबीचको दूरी घटाई विश्वास र पारदर्शिता निर्माण गर्ने।
SMART का प्रतिनिधिले भने, “सबल र जिम्मेवार पुँजीबजारको आधार लगानीकर्ता शिक्षा हो। SMART Friday Insight Series मार्फत हामी सिकाइ, संवाद र अवसरलाई जोड्ने साझा प्लेटफर्म निर्माण गरिरहेका छौं।”
📌 कार्यक्रम विवरण:
• कार्यक्रम: SMART Friday Insight Series – Episode 04
• विषय: How to Survive & Grow in the Stock Market
• वक्ता: अतित लाल श्रेष्ठ, Executive Chairman, Capital Max Securities Limited
• मिति: शुक्रबार, जनवरी २३, २०२६ (माघ ०९, २०८२)
• समय: साँझ ६:३० – ८:००
• Live: Google Meet & YouTube
• Supported By: Nepse Alpha
• दर्ता लिंक: https://forms.gle/LDJN16ffNrd3mWZD7



