महान्यायधिवक्ता भण्डारीद्वारा रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुुद्धीकरणको मुद्दा फिर्ता हुने भएको छ। अब रवि, लामिछानेविरुद्ध सहकारी ठगीको मात्रै मुद्दा हुने छ।
महान्यायाधिवक्ता सविता भण्डरीले रविले दिएको निवेदन अनुसार २ कसुरमा मुद्दा फिर्ता गर्न लागेकी हुन् । महान्यायाधिवक्ताको यो निर्णयसँगै अब रविले सांसद बन्न पाउने छन्।
‘रवि लामिछाने प्रतिवादी भएको मुद्दाहरूमा समेत लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि अभियोग सम्मानित श्री कास्की जिल्ला अदालत, सम्मानित श्री काठमाडौं जिल्ला अदालत, सम्मानित श्री रुपन्देही जिल्ला अदालत र सम्मानित श्री पर्सा जिल्ला अदालतमा सम्मानित श्री चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा दावी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दावी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ’, महान्यायाधिवक्ता भण्डारीको निर्णयमा उल्लेख छ।



