संजय दत्त काठमाडौं आइपुगे, नेपाली टोपी लगाइदिएर स्वागत
काठमाडौं । बलिउड स्टार संजय दत्त विहिबार बेलुका काठमाडौंमा आइपुगेका छन् । एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनोका कर्मचारीले उनलाई स्वागत गरे । नेपाली आयोजकले उनलाई ढाकाटोपी लगाएर स्वागत गरे ।
आज राती क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् । उक्त क्यासिनोले अर्को साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि नेपाल ल्याउँदैछ ।





