महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायद्वारा पद तथा गोपनियताको सपथ
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्ष चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
पुस २१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभामार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।




