२६० भन्दा बढी कर्मचारीका लागि विद्युत् प्राधिकरणमा खुल्यो आवेदन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो ।
अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १३० जनाका लागि विज्ञापन खुलेको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।
नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरुमा आवेदन फाराम खुलाएको छ ।



