सुन र चाँदीको मूल्य बढ्यो
काठमाडौं । पुस १८ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला दुई हजार ९०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा खरिद–बिक्री भएको थियाे ।


