मेटलाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख सहयोग
काठमाडौं । भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि मेटलाइफ नेपालले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख सहयोग गरेको छ ।
मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले बिहीबार, उक्त रकम अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । हालसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमाकोषमा जम्मा रकम १२ करोड ३३ लाख ६५ हजार पुगेको जनाइएको छ।
कम्पनीले देशका स्थानीय समुदायको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गर्दै सरकारको पहलमा साथ दिने उद्देश्य यस सहयोगको मुख्य आधार रहेको जनाएको छ ।
मेटलाइफ नेपाल एक अग्रणी वित्तीय सेवा प्रदायक कम्पनी हो जसले जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, एन्युटी, कर्मचारी लाभ योजना र सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ । सन् १८६८ मा स्थापित यो कम्पनी विश्वभर ४० भन्दा बढी बजारमा सञ्चालनमा रहेको छ र नेपालमा यसको शाखा सन् २००१ देखि व्यक्तिगत तथा संस्थागत ग्राहकलाई बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।


