सुन र चाँदीको मूल्यमा निरन्तरको गिरावट
काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले घटेको हो। सुन र चाँदी निरन्तर दोस्रो दिन भारि गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सो दिन एकैपटक सुनको मूल्य प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले घटेको हो। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मंगलबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिद–बिक्री भएको थियो।


