राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२औँ महाधिवेशन सम्पन्न
नेपालगञ्ज । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२औँ केन्द्रीय महाधिवेशन पुस ११ र १२ गते नेपालगञ्जमा सम्पन्न भएको छ। ८०० भन्दा बढी कर्मचारीको सहभागितामा महाधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरे।
महाधिवेशनले सर्वसहमत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं, वरिष्ठ उपाध्यक्षमा कबिराज बराज र महासचिवमा ऋषिराम ज्ञवाली चयन भएका छन्। साथै ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।
महाधिवेशनले लिएको नीति र नेतृत्वले कर्मचारीको मनोबल उच्च राख्दै साझा एजेन्डामा एकताबद्ध भई समस्याको समाधान र राष्ट्रिय वाणिज्य बैंकको समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। संघप्रति कर्मचारीहरूले देखाएको विश्वासलाई संस्थागत हित र प्रगतिप्रतिको प्रतिबद्धताको विजयका रूपमा महाधिवेशनले मूल्यांकन गरेको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा कर्मचारीहरूले नेपालगञ्ज नगरमा प्लेकार्ड र ब्यानरसहित प्रभातफेरीसमेत आयोजना गरेका थिए।




