सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । जसका लाग कम्पनीले अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । मङ्सिर ५ गते बोर्डमा आवेदन दिएको कम्पनीले आर्थिक न्यूजलाई जानकरी दिएको छ।
कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएको हो। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकको रुपमा छनौट भइसकेको छ।
यस कम्पनी भुषाल ग्रुप अन्तर्गतको हो । पहिले भुषाल केवल एण्ड वायर इन्डष्ट्रिज प्रालिको नाममा रहेकोमा गत जुलाईमा पब्लिक लिमिटेड कम्पनी बनेर नाम पनि परिवर्तन गरिएको थियो। भैरहवामा फ्याक्ट्री रहेको सारथी केवलले विगत १८ वर्षदेखि नेपालमै केवल तथा तार उत्पादन गर्दै आएको छ ।


