रिलायन्स स्पिनिङको आईपीओमा माग भन्दा ३२.९८ गुणा बढी आवेदन
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओमा ५ लाख ८३ हजार ८ सय ९६ जनाको आवेदन परेको छ ।
बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्काशन गरेको रिलायन्स स्पिनिङको आईपीओ भर्ने आज अन्तिम दिन अन्तिम समयसम्म २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपियाँ बराबरको ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले ५७ हजार ७ सय ९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको हो । आईपीओमा माग भन्दा ३२.९८ गुणा बढी आवेदन परेको छ ।
बुक बिल्डिङ अन्तरगत कम्पनीको आईपीओका लागि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपियाँ ८० पैसाका दरले आवेदन दिएका हुन् । कम्पनीले पुस ७ गतेदेखि आज ११ गतेसम्म आईपीओ निष्काशन खुला गरेको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्ने र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।


