क्लव चौलानीले आइपिओ निष्काशन गर्ने, गरिमा क्यापिटल बिक्री प्रबन्धक
काठमाडौँ । क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । मङ्गलबार बुढानिलकण्ठ काठमाडौँमा आयोजित होलिडे इन रिर्सोटमामा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले गरिमा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र के.सी.तथा गरिमा क्यापिटल लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् ।
२५, वैशाख, २०६५ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लव चौलानी लिमिटेड साल २२, पौष २०८१ मा पब्लिक लिमिटेडमा रूपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँच तारे होटलको रूपमा आफूलाई स्थापना गर्न लागेको हो ।
क्लव चौलानी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम आईपीओ (Portfolio Management Services – PMS) को रुपमा सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
यस संस्थाले लगानी व्यवस्थापन सेवा (Depository Participant), डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी निक्षेप सदस्य (Depository Participant), सामूहिक लगानी कोषको योजना व्यवस्थापन (Mutual Fund Manager), धितोपत्र प्रत्याभूति सेवा (Securities Underwriting Services), बिक्री प्रबन्धक (Issue Manager), शेयर रजिष्ट्रार (Share Registrar) र संस्थागत परामर्श सेवा (Corporate Advisory Service) प्रदान गर्दै आइरहेको छ ।
गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरू ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूमार्फत सहजीकरण गर्दै आएको छ । उक्त संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


