एनएमबि बैंक लिमिटेडलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्रदान
काठमाडौं। एनएमबी बैंकले डिजिटल रुपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (इन्टरप्राइज क्षेत्र)प्राप्त गरेको छ।
यो अवार्ड डिजिटल प्रविधि प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थालाई दिइने गरेको छ।
बैंकले नयाँ डिजिटल माध्यममार्फत आफ्ना सेवालाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो। सम्मानले डिजिटल प्रवर्द्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिबिम्वित गरेको बैंकले बताएको छ।
बैंकले हाल देशभर २०२ शाखा, १८४ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

