नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

