फिफा विश्वकप २०२६ : समूह विभाजन सार्वजनिक
काठमाडौँ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा वासिङ्टन डीसीमा आयोजना गर्ने फिफा विश्वकप-२०२६ को समूह चरणको ड्र सार्वजनिक गरिएको छ।
पहिलोपटक प्रतियोगितामा ४८ टोलीले भाग लिँदै छन्। उनीहरूलाई १२ समूहमा विभाजन गरिएको छ। सबैभन्दा ठूलो प्रतिस्पर्धा समूह आईमा हुने अनुमान गरिएको छ। जसमा फ्रान्सलाई नर्वेसँग राखिएको छ। सेनेगल पनि यही समूहमा छ।
गत वर्षको विजेता अर्जेन्टिनालाई समूह जेमा राखिएको छ भने ब्राजिल समूह सीमा रहँदै स्कटल्यान्ड र मोरक्कोजस्ता टोलीसँग भिड्दै छ।
आयोजक अमेरिका रहेको समूह डीमा अस्ट्रेलिया र पाराग्वेजस्ता प्रतिद्वन्द्वी छन्।
कुन समूहमा कुन देश?
समूह ए : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया (प्लेअफ डीको विजेता)
समूह बी : क्यानडा (प्लेअफ एको विजेता), कतार, स्विट्जरल्यान्ड
समूह सी : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड
समूह डी : अमेरिका, पाराग्वे, अस्ट्रेलिया (प्लेअफ सीको विजेता)
समूह ई : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान (प्लेअफ बीको विजेता), ट्युनिसिया
समूह जी : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
समूह एच : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह आई : फ्रान्स, सेनेगल (प्लेअफ २ को विजेता), नर्वे
समूह जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के: पोर्चुगल (प्लेअफ १ को विजेता), कोलम्बिया, उज्बेकिस्तान
समूह एल: इङ्गल्यान्ड, क्रोएसिया, घाना, पानामा
विश्वकप २०२६ आगामी ११ जुन देखि १९ जुलाइसम्म हुनेछ।


