मनिलको अभिनय रहेको “मेरो घरको मुन्तिर “बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ । मोडल मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको म्युजिक भिडियो “मेरो घरको मुन्तिर सार्वजनिक गरिएको छ ।
अर्नभ फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा नायक तथा मोडल मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको भिडियाेलाई निर्देशन राजेन्द्र बस्नेतले गरेका छन् । भिडियोको छायांकन डम्बर राईको कोरियोगार्फी सुरेश पाण्डेको मेकअप प्रीया नगरकोटिको र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।
सार्वजनिक गरिएको म्युजिक भिडियोको गायक आन्न्द कार्की रहेका छन भने गितको संगीत तथा एरेन्ज कमल अधिकारीको रहेको छ भने मेरो घरको मुन्तिर बोलको गितको शब्द दिपक सापकोटाको रहेको छ ।
सार्वजनिक भएको” मेरो घरको मुन्तिर ” बोलको म्युजिक भिडियो संगीतकार कमल अधिकारीको आफनै अफिसियल च्यानल कमल अधिकारी युटुव च्यानलमा सार्वजनिक गरिएको छ ।सार्वजनिक गरिएको “मेरो घरको मुन्तिर “बोलको म्युजिक भिडियोका नायक तथा मोडल तामाङले चलचित्र” डिरिम गल ” “चुरिफुरी ” गोर्खा वारियर ” डारक एन्ड लाईट ” र चलचित्र” गोजि रित्तै “मा अभिनय गरि सकेका तामाङले दुई दर्जन भन्दा माथी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।

