राष्ट्र बैंकले तयार पार्यो एआई गाइडलाइन्स, सुझाव दिन आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्टिफिसियल इन्टीलीजेन्स गाइडलाइन्सको ड्राफ्ट निर्माण गरेको जनाएको छ । आइतबार उक्त गाइडलाइन्सको ड्राफ्ठ सार्वजनिक गर्दै केन्द्रीय बैंकले आवश्यक सुझाव दिन अनुरोध गरेको छ ।
केन्द्रीय बैंकका अनुसार पुस १५ गतेसम्म सुझाव दिन सकिन्छ । लिखित रुपमा बैंकमा नै गएर वा ईमेल मार्फत सुझाव पेश गर्न सकिने जनाइएको छ ।
हाल बैंकले उक्त गाइडलाइन्स अंग्रेजी संस्करणमा मात्रै सार्वजनिक गरेको छ । जहाँ १४ पेशको गाइडलाइन्स मा १३ वटा दफा रहेका छन् ।

