शिवम् सिमेन्टकोअधिकांश सूचकमा लोभलाग्दो प्रगति
काठमाडौँ । शिवम सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा लोभलाग्दो सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीले २० करोड ९६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त नाफा १५३८.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ३३ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बिक्री आम्दानी १ अर्ब ४० करोड रहेको थियो ।
यता, कम्पनीको कुल नाफा २१५.०७ प्रतिशतले बढेर ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी १.९७ प्रतिशत घटेर १० करोड ३६ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित छ ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १.०२ रुपैयाँ रहेको थियो ।
यता, कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३६.४२ गुणा रहेको छ।

