उन्नत Galaxy AI फिचरसहित सामसङले नेपालमा लॉन्च गर्यो Galaxy M17 5G
काठमाडौं । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ सदस्य ‘Galaxy M17 5G’ सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, टिकाउपन र अत्याधुनिक AI-सक्षम फिचरहरूसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलो पटक Optical Image Stabilization (OIS) अर्थात् ‘No Shake Camera’ प्रविधि ल्याएको छ।
सामसङका अनुसार, यो सुविधाले प्रयोगकर्तालाई जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो खिच्न सक्षम बनाउँछ। कम्पनीले भन्यो, “Galaxy M17 5G ती प्रयोगकर्ताका लागि आदर्श विकल्प हो, जसले आफ्ना प्रत्येक क्षणलाई प्रो-लेभल क्वालिटीमा कैद गर्न चाहन्छन्।”
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले भने, “Galaxy M17 5G मार्फत हामी एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्याउँदैछौं। No Shake Camera र Galaxy AI जस्ता नवीन फिचरहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछन्।”
Galaxy AI द्वारा सञ्चालित यो फोनमा Circle to Search with Google र Real-time AI Assist जस्ता उन्नत फिचरहरू छन्, जसले अन्वेषण र संवादलाई अझ सहज बनाउँछ।
Exynos 1330 (6nm) प्रोसेसरले उच्च प्रदर्शन र ऊर्जा-दक्षता प्रदान गर्छ। साथै, यसमा 6.7-इन्च FHD+ Super AMOLED डिस्प्ले, Corning Gorilla Glass Victus सुरक्षा, र IP54 धुलो तथा पानी प्रतिरोध क्षमता रहेको छ।
मूल्य तथा अफर

