राष्ट्र बैंकको प्रवक्तामा गुरु प्रसाद पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन् ।
पौडेल मंगलबारमात्र राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागमा कार्यकारी निर्देशकमा सरुवा भएका छन्। यस अघि उनी बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका थिए ।
यसैगरी, यस अघि नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित रहेका थिए ।

