सन नेपाल लाइफको आईएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्रको निरन्तरता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएस (युनाइटेड किङ्गडम एक्रेडिटेसन सर्भिस) बाट मान्यता प्राप्त एम्टिभो लिमिटेड, यूकेबाट आईएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र पुन: प्राप्त गरेको छ ।
कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सूचनाको सुरक्षा प्रणालीहरूको अन्तर्राष्ट्रिय मापदण्डबमोजिम उचित व्यवस्थापन गरेकाले सो प्रमाणत्र नवीकरण भएको हो ।
यस मानकले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तराष्ट्रिय मापदण्डका आधारमा आईएसओ/आईईसी २७००१ः२०२२ सम्परीक्षण नवीकरण गरेको हो ।
सन नेपाल लाइफ नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एक मात्र जीवन बीमा कम्पनी हो ।
आईएसओ/आईईसी २७००१ः२०२२ को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रूपमा यसको पालना र अभ्यासहरूबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।
