एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकलमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
काठमाडाैं। एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ। उक्त समझदारीसँगै बैंकका ग्राहकले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकले अस्पतालमा सेवा लिँदा ओपीडी टिकट मा ५० प्रतिशत, सामान्य बेड चार्जमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, शल्यक्रिया उपचारमा १५ प्रतिशत, प्याथोलोजिकल प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, रेडियोलोजिकल सेवाहरूमा १५ प्रतिशत (सीटी र एमआ/आई बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रर्वद्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
