नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ।
बैंकले भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर १ कित्ताको अनुपातमा कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।
बैंकले यसअघि असोज २२ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेकोमा समयावधि थप गरी कात्तिक ९ गतेसम्म कायम गरेको हो तसर्थ आज बैंकिङ्ग समयसम्म मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सकिनेछ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।
