विरगञ्जमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ले भरिएको दिपल एस०५

सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज
वीरगञ्ज । नेपालकालागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्डदिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश प्रदेशको महत्वपूर्ण बजार विरगञ्जमा‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको इलेक्ट्रिक एसयुभीदिपल एस०५ सार्वजनिक गरेको छ ।बुधबार आयोजना गरिएको भव्य समारोहमाविरगञ्जमहानगरपालिकाका मेयर राजेशमान सिंह, नायिकानीतिशाह, वृद्धि ग्रुपकानिर्देशक ओम प्रकाशसिकारिया, एमएडब्लु वृद्धिका प्रबन्धनिर्देशक विवेक सिकारिया, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्षअशोक टेमानी, विरगञ्जउद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, विरगञ्जदिपल नोभस ब्रदर्सका अध्यक्षअनुपअग्रवाललगायतले नयाँदिपल एस०५ लाई सार्वजनिक गरेका हुन् ।
बुधबार विरगञ्ज्मासार्वजनिकभएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपालीबजारमाचर्चित बन्न सफलमोडेल हो । दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिंग साइकल ५ हजार (६ लाखकिलोमिटर) को लाइफस्पान छ ।
दिपल एस०५ मादुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामाअद्वितीयआराम दिन्छ । साथै यसमा‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमासेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।
१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।
विरगञ्जमादिपलको नयाँ सोरुम, चारदिने टेस्ट ड्राइभ र एक्सचेन्ज
यसैबीचविरगञ्जमानयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा नोभस ब्रदर्स प्रा. लि.ले दिपलकाअत्याधुनिक इभीको विक्रीवितरण र विक्री पछिको सेवाउपलब्ध गराउनेछ । यसै अवसरमाविभिन्नअफरहरुसहितयहाँ चार दिनलामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।
कार्यक्रममादिपलकाअत्याधुनिकइभीलाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७आईसीए, स्टाइलिस सेडान एल०७र अल्ट्राप्रिमियम लक्जरी एसयुभीअवतार ११ र केही साताअघि सार्वजनिकभएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ ।
यो एक्सचेन्जमाग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकनपाउनुका साथै केहीनिश्चितदिपलमोडेलमानगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनिपाउनुहुनेछ ।
यो कार्यक्रममादिपलकाअत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनिप्रदर्शनीमा राखिनेछ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमाचांगानको अग्रगामी सोचको प्रत्यक्षअनुभव गर्न पाउनुहुनेछ ।