तिहारमा सिएफ मोटो एनके ३०० किन्दा ५० हजार बरावरको सुबिधा

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफ मोटोले तिहार तथा छठ पर्बलाई मध्येनजर गरी नगद छुट योजना ल्याएको छ । सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले न्याकेड सेग्मेन्ट अन्तर्गतको ३०० एनके मोडललमा ५० हजार बरावरको थप सुबिधा दिने जनाएको हो ।
यस मोटरसाइकलको नयाँ मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । सिमित अवधीका लागि मात्रै लागु हुने यस अफरबाट लाभ लिन ग्राहकलाई छिटो भन्दा छिटो नजिकको सिएफ मोटो शोरुम भ्रमण गर्न आह्वान गरिएको छ । सिएफ मोटोको काठमाडौं उपत्यकाभित्र नक्साल, झम्सिखेल र सल्लाधारीमा शोरुम रहेका छन् ।
न्याकेड सेग्मेन्टमा फरक लुक्स र आधुनिक डिजाइन पाइने एनके ३०० पछिल्लो समय युवा राइडरमाझ लोकप्रिय वनिरहेको मोटरसाइकल हो । यस मोटरसाइकलमा २९२ सिसी क्षमताको लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ ।
जसको अधिकतम पावर ३० पिएस छ भने टर्क २५.३ एनएम छ । मोटरसाइकलमा डुअल च्यानल एबिएस, ५ इन्चको टिएफी डिस्प्ले, इको र स्पोर्टस गरी २ प्रकारका राइडिङ मोड तथा स्लिपर क्लच जस्ता अत्याधुनिक फिचर पाउन सकिन्छ ।
साथै स्टिल ट्रेलिस ट्रेन, अगाडी अपसाइड डाउन फोर्क र पछाडी मानोशक सस्पेन्स जडान गरिएको एनके ३०० मा १२ लिटर क्षमताको इन्धन ट्यांक राखिएको छ । १३९ किलोमिटर टप स्पिड रहेको यस मोटरसाइकलले एक लिटर पेट्रोलको खपतमा ३३ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।