राष्ट्र बैंकले सर्वसाधारणलाई सुनका असर्फी बिक्री नगर्ने

काठमाडौं । यस पटक नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सुनका असर्फी बिक्री नगर्ने भएको छ ।
सुनका नयाँ असर्फी नछापेकाले विगतका वर्षमाजस्तो यस पटक सर्वसाधारणले धनतेरसमा राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने जनाइएको छ । चाँदीका सिक्का भने बिक्री गरिनेछ । चाँदीका सिक्का किन्न धनतेरस कुर्नु पर्दैन ।
सुनका असर्फी छाप्न केन्द्रीय बैंकको सञ्चालक समितिले नै निर्णय गर्नुपर्ने हुन्छ । तर, यसपालि भने तिहार नजिकिँदै गर्दा पनि सञ्चालक समितिले कुनै निर्णय नगरेपछि नयाँ असर्फी छपाइ तथा बिक्री नहुने भएको हो ।