नवनियुक्त शिक्षा मन्त्री डा महाबीर पुनलाई नेपाल इको प्यानलले दियो बधाई

काठमाडौं । नेपाल इको प्यानलले नवनियुक्त शिक्षा मन्त्री डा महाबीर पुनलाई बधाई दिएको छ । साथै सफल कार्यकालयको शुभकामना पनि दिएको छ । पुन जेन्जी आन्दोलनपछि नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए ।
यस नेपाल इको प्यानलका अभिभावक तथा शुभचिन्तक, राष्टिय अनुसन्धान केन्द्रका अध्यक्ष एवं आविष्कारक महावीर पुन शिक्षा मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं, नेपाल इको प्यानलले भनेको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा विशेष जोड दिनु हुने नवनियुक्त मन्त्रीलाई सफल बनाउनु हामी सवैको कर्तव्य भएको बताए ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।