सानिमा बैंकको लाभांश घोषणा

काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।