हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा टुजी र फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ मा भदौ २५ देखि सेवा सञ्चालनमा ल्याएको जनाएको छ । फोरजी सेवा सञ्चालनमा आएपश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएको टेलिकमले जनाएको छ ।
हुम्ला जिल्लाकै चंखेली गाउँपालिका–६ मा पनि नेपाल टेलिकमले भदौ २७ गते बाट टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । फोरजी सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएको टेलिकमको भनाइ छ ।
नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।