भत्केका भवन पुनः ठडाउने छौं: भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुङ

भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुङले भत्केका भवन पुनः ठडाउने अठाेट गरेका छन् । आन्दोनलकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका संरचना बनाउने उनले उद्घोष गरेका हुन ।
उनले लेखेका छन्, ‘तपाईंहरुको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’ हजारौं सहयोगी हातहरुले जलाइएका स्टोर सफा गर्न मद्दत गरेको र फेरि उठन शक्ति दिएकाले भाट भटेनी स्टोर पुनः उठ्ने उनले बताएका छन् ।
राजधानी र बाहिर गरेर एक दर्जन संख्याका स्टोर आन्दोनलकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका छन्
भाटभटेनीले फेसबुकमा लेखेकाे छ:
दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन।
आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं।
हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।
भाट-भटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं।
अहिले जेनजीकाे आन्दोलनकाे नाममा देशभर रहेका १२ वटा भाटभटेनीमाथि आगजनी गरेर पूर्ण रूपमा नष्ट भएकाे छ भने लाखाैँले राेजगारी गुमाएका छन् । केहीले यही माैकामा भाटभटेनीबाट सामानहरू चाेरेर लिएका छन् ।