महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्ब्।र अफकमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पती गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो ।
अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ् एसिया बैंकिङ् कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।
बैंकले सम्पतीको संरचना, सम्पतीहरुको प्रभावकारी परिचालनतथा सम्पतीको गुणस्तर सुधारमा उल्लेखनिय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्ती सँगै अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापितगर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।