नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र मोरङ जिल्ला बिराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्राइभेट लिमिटेड बीच अस्पतालले प्रदान गर्ने विविधस्वास्थ्य सेवामालाग्ने शुल्कमाविशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारीहरुर ग्राहकवर्गलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
२०८२ भदौं ०२ गते भएको उक्त सम्झौताको पत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्राइभेट लिमिटेडको तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराइले हस्ताक्षर गरेका थिए ।