गोगोरो स्कुटर अब झनै मुल्यवान — नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले, नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाई ब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ ।
यस कार्यक्रम मार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीयदुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमालागू भएको छ र यस अन्तर्गत गोगोरोले अब आफ्ना स्र्माट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुनपहिले पुग्छ) अवधि भित्र १ लाखको बाई ब्याक भ्यालु ग्यारेन्टी गर्नेछ ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्य चिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो, जसले रिसेल भ्यालु घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागत ईभीहरुमा ब्याट्री सवारी धनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेसन स्वाप गर्ने (चार्ज सकिएको ब्याटि राखेर फुल चार्ज भएको ब्याटि लिने)हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमापुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ ।
‘गोगोरो नेपालको यातायातको भविष्य हो’ नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवीशाहले भने,‘सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौं भर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा संचालन सुरु गरेका थियौं । आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं ।’
नाइममा विशेष अफरहरू
बाइब्याकग्यारेन्टी सँगै, गोगोरोल नाइमा अटो शोमा केही आकर्षक अफरहरू पनि लिएर आएको छ
–दशैंअफरको सुरुवातःल्ब्क्ष्ःब्मागोगोरोले दशैंविशेष स्किम पनि घोषणा गर्दैछ जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ ।
–ब्याट्री स्वापलाइभ डेमोःआगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वापप्रविधिप्रत्यक्ष रूपमा अवलोकन र अनुभव गर्न सक्नेछन् ।
–अप्टिमाइज गरिएको स्वाप स्टेशनप्रदर्शनःगोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दोबनाउन अप्टिमाइज गरिएको छ।
–अपग्रेड गरिएको गेगो स्कुटर प्रदर्शनःयहाँहरू हालसालै अपग्रेड गरिएको गेगो स्कुटरको सुरुमै अवलोकन गर्नेहरू मध्येमापर्न सक्नु हुनेछ किनकिअपग्रेड गरेपछि यो पहिलोपटक सार्वजनिक रुपमा प्रदर्शन हुँदैछ ।
गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहक केन्द्रित प्रविधि, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी र लङ र्टम भ्यालु एन्सुरेन्स सहितको बलियो संयोजन मार्फत् नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नयाँ बेन्चमार्क बनाइरहेको छ ।