नयाँ ग्यालेक्सी स्मार्टफोनसँगको आकर्षक मल्टी-बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा ३२% सम्मको छुट

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।
सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२% सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो मल्टी-बाइ अफरले तपाईंलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ—ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर तपाईंको अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउनुहोस्।
तपाईं स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव खोज्दै हुनुहुन्छ भने यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले तपाईंको स्मार्टफोनलाई थप उपयोगी बनाउँछन्—फिटनेस, संगीत, कार्यक्षमता र अरु धेरै कुरामा यी आदर्श पार्टनर बन्न सक्छन्।
यो विशेष मल्टी-बाइ अफर लिनका लागि यी सजिला स्टेपहरू पुरा गर्नुहोस्:
स्टेप १: वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस्
स्टेप २: तपाईंको नजिकको रिटेलर छान्नुहोस्
स्टेप ३: दर्ता गरी रु. २,००० को अग्रिम रकम अनलाइन भुक्तानी गर्नुहोस्
स्टेप ४: प्रमाणीकरणपछि ओटिपी प्राप्त गर्नुहोस्
स्टेप ५: ७ दिनभित्र ओटिपी सहित रिटेलरमा जानुहोस्
उपलब्धता
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया निकै सरल छ—केवल तपाईंको नागरिकता प्रमाणपत्र भए पुग्छ।