अर्थतन्त्र सदृढिकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनु पर्ने महासंघका अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको अर्थतन्त्र सदृढिकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनु पर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा काठमाडौंमा सञ्चारकर्मीहरुका लागि आयोजित औपचारिकीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दिगो विकासका लागि अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्नु पर्ने बताए । उनले व्यवसाय दर्ता प्रक्रियालाई सरल र डिजिटल बनाउन, कर प्रणालीलाई पारदर्शी र व्यवसायमैत्री बनाउन, अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउन सहुलियत र प्रशिक्षण प्रदान गर्न र महिला, युवा तथा ग्रामीण उद्यमहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
“औपचारिकीकरण निजी क्षेत्रका लागि मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रका लागि आवश्यक छ । औपचारिकीकरण केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो दिगो, समावेशी र प्रतिस्पर्धी अर्थतन्त्रको आधारशिला हो । यो अब विकल्प नभई आवश्यकता हो । उनले भने , औपचारिकीकरणले व्यवसायलाई कानसनी सुरक्षा ,वित्तयि पहँच,श्रम अधिकार,कर प्रणालीमा स्पष्टता र दीगो आथिृक बृद्धिको आधार प्रदान गर्दछ ।
महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघले औपचारिकीकरणका पहलहरूलाई निरन्तर साथ दिँदै आएको र यो विषयमा थप प्रभावकारी कदम चाल्न सरकार, निजी क्षेत्र, र अन्य सरोकारवाला समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।
महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले यो छलफलले औपचारिकीकरणको विषयलाई थप स्पष्ट बनाउने उल्लेख गर्दै सरोकारवाहरुको संयुक्त प्रयासले मात्रै नेपालको अर्थतन्त्रलाई औपचारिक र समृद्ध बनाउन सकिने धारणा राखिन ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय औपचारिकिकरण समितिका अध्यक्ष प्रदीप कुमार कोइरालाले औपचारिककरणका लागि समितिले प्रभावकारी ढंगले काम गरिरहेको र यो निरन्तर भईरहने प्रक्रिया भएको बताए । उनले श्रम क्षेत्रमा देखिएको अनौपचारिकिरणलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा सहभागितालाई जोड दिइएको पनि बताए ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव महेश दाहालले औपचारिक तथा अनौपचारिक अर्थतन्त्रका बारेमा, श्रम रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयका उपसचिव गगन विष्ट र अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालका राष्ट्रिय कार्यक्रम संयोजक सौरभ शाहले औपचारिकीकरणमा नेपालले गरिरहेका प्रयासहरु र यसको राष्ट्रिय तथा अन्तराष्टिय प्रभाव , महासंघका महानिर्देशक गोकर्ण अवस्थिले औपचारिकिकरणको लागि महासंघले गरिरहेका पहल र यसको प्रभावकारिता तथा औपचारिककरणका विषयमा सञ्चारमाध्यको भूमिकाका विषयमा पत्रकार मोदनाथ ढकालले प्रकाश पारेका थिए । कार्यक्रममा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।