एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच छुट सम्बन्धी सहकार्य

काठमाडौँ । एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच छुट सम्बन्धी सहकार्य भएको छ । बैंकका ग्राहक महानुभावहरुलाई होमस्टे सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको हो ।
यस सम्झौतासँगै अब बैंकका ग्राहक महानुभावहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग सेवा मार्फत भुक्तानी गर्दा छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको साझेदारीले ग्राहक महानुभावहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।