आतंकवाद नियन्त्रणका लागि नेपाललाई समन्वित सुरक्षा संयन्त्र र अतिरेक निराकरण कार्यक्रम आवश्यक

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (NIICE) ले२५ असारमा काठमाडौंमा “दक्षिणएशियामा आतंकवाद: क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती” विषयक एक उच्चस्तरीय सेमिनारको आयोजना गर्यो।
सुनील बहादरुथापा, राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पूर्वउद्योगमन्त्रीलेलश्कर-ए-तैयबा (LeT) को अल- कायदा सँगको सम्बन्ध रहेको, यसलेनेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गर्दैआएको र यसलेक्षेत्रीय सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको बताए। उनलेयस्ता जटिल समस्यालाई समाधान गर्नका लागि समन्वित सुरक्षा संयन्त्र र अतिरेक (radicalisation) निराकरण कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए।
डा. मिनेन्द्र रिजाल, नेपालका पूर्वरक्षा मन्त्रीलेभारतमा भएको आतंकवादी आक्रमणलेनेपालमा समेत छल्किनेअसर (spillover effect) पार्नेबताएका थिए। उनलेपाकिस्तानलेआतंकवादलाई प्रोत्साहन गर्नुलेसार्कलाई निष्क्रिय बनाएको, क्षेत्रीय आर्थिक एकीकरणमा बाधा पुर्याएको, र पाकिस्तान स्वयंलाई नैठूलो आर्थिक नोक्सान पुर्याएको उल्लेख गरे। उनलेसेप्टेम्बर ११ को घटनापछि अमेरिकालेदेखाएको जस्तो वैश्विक एकता आजको आतंकवाद विरुद्धको लडाइँमा पनि आवश्यक रहेको औंल्याए।
चन्दा चौधरी, संघीय सांसद तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्रीलेअन्तरदेशीय आतंकवाद नियन्त्रण गर्नहवाला र अवैध वित्तीय कारोबार (money laundering) नियन्त्रण गर्नुआवश्यक रहेको बताइन्।
शिशिर खनाल, पूर्वमन्त्रीलेभारतको तत्काल र कडा जवाफ, विशेषतः ‘अपरेसन सिन्दूरन्दू’ अन्तर्गतको सैन्य कारबाही तथा पाकिस्तान विरुद्धको कू टनीतिक निष्कासनहरू (diplomatic expulsions) लाई क्षेत्रीय आतंकवाद नियन्त्रणमा नयाँमापदण्डको स्थापना भएको रूपमा प्रशंसा गरे।
एनपी साउद, पूर्वपरराष्ट्र मन्त्री तथा सिंचाइ मन्त्रीलेनेपाल र क्षेत्रीय शक्तिहरूलेआतंकवाद नियन्त्रणका लागि स्पष्ट संयन्त्र विकास गर्नुपर्नेबताएका थिए। उनलेआतंकवाद सबैका लागि खतरनाक भएकोलेयस विरुद्ध सबैएकजुट हुनु पर्नेउल्लेख गरे।
डा. पूर्णसिलवाल, नेपाली सेनाका पूर्वमेजर जनरललेआतंकवाद नियन्त्रणमा दोहोरो मापदण्ड (double standards) अपनाउनुहुँदैन, यदि यसलाई पूर्णरूपमा अन्त्य गर्नहो भनेभन्नेधारणा राखे।
सुमित्रा कार्की, NIICE की निर्देशकलेहर्कत-उल-मुजाहिदीनद्वारा काठमाडौंबाट अपहरण गरिएको इण्डियन एयरलाइन्स फ्लाइट IC-814 र पाकिस्तानस्थित लश्कर-ए-तैयबाद्वारा अप्रिलमा पाहलगाममा गराइएको आतंकवादी आक्रमण (जसमा २६ जना नागरिक मारिए, जसमा एक नेपाली पनि थिए) को उदाहरण दिँदैनेपाल आतंकवादप्रति संवेदनशील रहेको उल्लेख गरिन्।
डा. प्रमोद जैसवाल, NIICE का अनुसन्धान निर्देशकलेपाकिस्तान दक्षिण एशियाको आतंकवादको केन्द्रबिन्दु (epicenter) भएको र उसलेआतंकवादीहरूलाई हुर्काउनेर संरक्षण गर्नेइतिहास रहेको बताए। उनलेपाकिस्तानका रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफ द्वारा हालैदिइएको अभिव्यक्ति उद्धृतद्धृ गर्दै, पाकिस्तानलेअमेरिका, बेलायत र पश्चिमी मुलुकहरूका लागि झण्डैतीन दशकसम्म आतंकवादीहरूलाई सहयोग, वित्तीय सहायता र तालिम दिएको कु रा सार्वजनिक रूपमैस्वीकारेको उल्लेख गरे।
यस सेमिनारमा वरिष्ठ राजनीतिक नेता, पूर्वमन्त्री, सुरक्षा विज्ञ, शैक्षिक र अनुसन्धाता व्यक्तित्वहरू सहभागी थिए। कार्यक्रममा कू टनीतिक समुदाय, नागरिक समाज, नीति निर्माता, सुरक्षाकर्मी, पत्रकार र शैक्षिक क्षेत्रका १५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।