पाकिस्तान-आधारित आतंकवाद क्षेत्रीय सुरक्षाका लागि चुनौती

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (NIICE) ले९ जुलाईमा काठमाडौंमा “दक्षिण एशियामा आतंकवाद: क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती” विषयक उच्चस्तरीय सेमिनारको आयोजना गर्यो। सुनील बहादुर थापा, राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पूर्वउद्योगमन्त्रीलेलश्कर-ए-तैयबा (LeT) र जैश-ए-मोहम्मद (JeM) जस्ता समूहहरू जुन संयुक्त राष्ट्रसंघद्वारा घोषित आतङ्ककारी संगठनहरू हुन्, ती
समूहहरूको अल-कायदा सँग ऐतिहासिक सम्बन्ध रहेको र पाकिस्तानमा सञ्चालन भइरहेका कारण भारतमाथि मात्र नभई नेपाललाई पनि ट्रान्जिटको रूपमा प्रयोग गर्नसक्नेखतरा रहेको बताएका थिए।
डा. मिनेन्द्र रिजाल, पूर्वरक्षा मन्त्रीलेभारतमा भएको आतङ्कवादी आक्रमणलेनेपालमा समेत असर पार्ने (spillover effect) सम्भावना रहेको बताए। उनलेपाकिस्तानलेआतङ्कवादलाई समर्थन गर्नुलेसार्कलाईनिष्क्रिय बनाएको, क्षेत्रीय आर्थिक एकीकरणमा बाधा पुर्याएको र पाकिस्तानलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको जनाए। उनलेसेप्टेम्बर ११ को घटना पश्चात देखिएको वैश्विक एकता जस्तैएकता आज आवश्यकरहेको औल्याए ।
चन्दा चौधरी, संघीय सांसद तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्रीलेअन्तरदेशीय आतंकवाद नियन्त्रण गर्नहवाला तथा अवैध वित्तीय कारोबार (money laundering) नियन्त्रण गर्नुअत्यन्तआवश्यक रहेको बताइन्।
शिशिर खनाल, पूर्वमन्त्रीलेभारतको तत्काल र कडा प्रतिक्रिया, विशेषतः ‘अपरेसन सिन्दूर’ अन्तर्गत सैन्य कारबाही तथा पाकिस्तान विरुद्ध कू टनीतिक निष्कासनहरू को क्षेत्रीय आतङ्कवाद नियन्त्रणमा नयाँमापदण्ड स्थापना भएको भन्दैप्रशंसा गरे।
डा. दिनेश भट्टराई, पूर्वकू टनीतिज्ञ तथा पूर्वप्रधानमन्त्रीका सल्लाहकारलेपाहलगाम आक्रमण पछिल्ला वर्षहरूमा सबैभन्दा घातक हमला भएको उल्लेख गर्दै, आक्रमणमा पीडितहरूलाई धर्मसोधेर टाउकोमा गोली हानी निर्ममतापूर्वक हत्या गरिएको बताए।एनपी साउद, पूर्वपरराष्ट्र मन्त्री तथा सिंचाइ मन्त्रीलेनेपाल र क्षेत्रीय शक्तिहरूलेआतंकवाद नियन्त्रणका लागि स्पष्ट संयन्त्र विकास गर्नुपर्नेधारणा राखे। उनलेआतंकवाद सबैमा असर पार्नेभएकालेयस विरुद्ध सबैलेमिलेर
कदम चाल्नुपर्ने बताए।
डा. पूर्णसिलवाल, नेपाली सेनाका पूर्वमेजर जनरललेआतंकवाद विरुद्धको लडाइँमा राष्ट्रहरूलेदोहोरो मापदण्ड अपनाउनुहुँदैन भनेका थिए, यदि वास्तवमैआतंकवाद अन्त्य गर्नहो भने।राजदूत मधुरमन आचार्य, नेपालका पूर्वपरराष्ट्र सचिवलेभारत र नेपालको बीचमा गुप्तचर जानकारी आदानप्रदान र सीमा क्षेत्रमा संयुक्त गस्तीको आवश्यकता रहेकोमा जोड दिए। उनलेआतंकवाद विरुद्धकोलडाइँमा नेपाल भारतको पक्षमा रहेको स्पष्ट पारे।
सुमित्रा कार्की, NIICE की निर्देशकलेहर्कत-उल-मुजाहिदीनद्वारा काठमाडौंबाट अपहरण गरिएको इण्डियन एयरलाइन्स फ्लाइट IC-814 र पाकिस्तानस्थित लश्कर-ए-तैयबाद्वारा अप्रिलमा पाहलगाममा गराइएकोआतंकवादी आक्रमण (जसमा २६ जना नागरिक मारिए, जसमा एक जना नेपाली पनि थिए) को उदाहरण दिँदै नेपाल आतङ्कवादप्रति संवेदनशील रहेको बताइन्।
डा. प्रमोद जैसवाल, NIICE का अनुसन्धान निर्देशकलेपाकिस्तान दक्षिण एशियाको आतंकवादको केन्द्रबिन्दु (epicenter) भएको र उसलेआतंकवादीहरूलाई संरक्षण र तालिम दिनेइतिहास रहेको बताए। उनले पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफ द्वारा हालैदिएको अभिव्यक्ति उल्लेख गर्दै, पाकिस्तानले झण्डैतीन दशकसम्म अमेरिका, बेलायत तथा पश्चिमी देशहरूका लागि आतंकवादीहरूलाई समर्थन, वित्तीय
सहायता र तालिम दिएको सार्वजनिक रूपमा स्वीकार गरेको बताए।
उक्त सेमिनारमा वरिष्ठ राजनीतिक नेता, पूर्वमन्त्रीहरू, सुरक्षा विज्ञ, प्राध्यापक र अनुसन्धानकर्तासहभागी थिए। कार्यक्रममा कू टनीतिक समुदाय, नागरिक समाज, नीति निर्माता, सुरक्षाकर्मी, पत्रकार र शैक्षिक वृत्तका १५० भन्दा बढी सहभागी रहेका थिए।