सीजी इलेक्ट्रोनिक्सले सार्वजनिक गर्यो नेपाली बजारमा क्यूएलईडी काराओके टीभी
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ मोडेलको टेलिभिजन भित्र्याएको छ । कम्पनीले क्यूएलईडी काराओके टीभी सार्वजनिक गरेको हो ।
सीजी मेरिडिया सग्नेचर सिरिजमा आएको उक्त टेलिभिजन ५५ इन्चको रहेको कम्पनीले जनाएको छ । यसले नेपाली बजारमा पहिलोपटक डिसप्ले विथ बिल्ड इन काराओके इन्टरटेनमेन्ट एकैसाथ ल्याएको कम्पनीले दाबी गरेको छ ।
सीजीको ‘लेभल अप’ अभियानअन्तर्गत विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र होइन, गाउने, रमाउने र आफैँलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न थालेको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ । कम्पनीका अनुसार अब हरेक नेपालीले आफ्नै सेक्रेट रकस्टार खोज्न सक्नेछन्, सिधै आफ्नै घरबाट ।
मेरिडिया ५५ इन्च काराओके क्यूएलईडी टीभीका विशेषता
• क्यूएलईडी प्लस फोरके यूएचडी डिसप्ले: क्वान्टम डट प्रविधिसँग जीवन्त र स्पष्ट दृश्य ।
• इन्फिनाइट स्क्रिन डिजाइन: झिनो बेजलका कारण अधिक सिनेमाटिक अनुभव ।
• एचडीआर १० प्लस: अधिक गहिरो कन्ट्रास्ट र सजीव रङ ।
• बिल्ड इन काराओके सिस्टम: डुअल माइक इनपुट, भोकल इफेक्ट, गीत लाइब्रेरीसहित ।
• एन्टिग्लेयर स्क्रिन: जुनसुकै प्रकाशमा पनि स्पष्ट दृश्य ।
• अडियो ड्रम टीएम बास इञ्जिन: काराओके गीतहरूमा थप शक्ति दिने बास अनुभव ।
• सिनेमा साउन्डबार एकीकरण: सम्पूर्ण साउन्ड सिस्टम, टीभीमै निर्मित ।
कम्पनीका अनुसार ‘सीजी मेरिडिया ५५ इन्च काराओके क्यूएलईडी टीभी केवल प्रविधि होइन, यो नेपाली दर्शकका लागि तयार पारिएको एक नयाँ जीवनशैलीको अनुभव हो । उच्चस्तरको क्यूएलईडी डिसप्लेलाई इनबिल्ट काराओके प्रणालीसँग मिलाएर ल्याइएको उक्त उत्पादन ल्याइएको कम्पनीको भनाइ छ । यस टीभीले प्रयोगकर्तालाई गाउने, रमाउने र आफ्नै घरभित्रै परिवार तथा प्रियजनहरूसँग आफ्नो सेक्रेट रकस्टार उजागर गर्न प्रेरित गर्ने बताइएको छ ।

