दरमखोला हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज असार २३ गते समोमबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
यस कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने अनुमति पाएको छ । जसमध्ये कम्पनीले १ सय अंकित मूल्यमा १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बाग्लुङ जिल्लाको बडीगाँउ गाँउपालीकाका स्थानीयलाई बिक्री खुला गरेको हो ।
यता, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार १५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ग्लोबल आइएमईको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोठ शाखा, प्रभु बैंक गलकोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाकाले दरखास्त फारम प्राप्त गर्नको लागि २ रुपैयाँ शुक तिर्नुपर्नेछ ।
यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।


