फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण
काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खनार सुनसरी ले २०८२ साल असार २० गतेका दिन बेरोजगार गरिव समुदायका १० जनालाई सिटी सफारी बितरण गरिएको छ ।
ज्यालामजदुरी गरी हातमुख जोर्न समस्या रहेको, दैनिक रुपमा समेत काम नपाउने, एकजनाको कमाईले परिवार चलाउनु आर्थिक रुपमा एकदमै कमजोर युवाहरुलाई लक्षित गरी सहुलियत ब्याजदरमा तिर्ने गरी सफारी दिएको हो ।
उक्त सफारी हस्तान्तरण एक कार्यक्रमका बीचमा फरवार्ड माइक्रोफाइनान्स लघुसिवत्त वित्तीय संस्था ली. ले श्री गणपति पि.जी. एण्ड सप्लायर्स कम्पनी बिराटनगरसँग खरिद गरी उनीहरुलाई तालिम समेत प्रदान गरी हस्तान्तरण गरिएको थियो । प्रति सफारी रु. २,६५,०००÷– खरिद मुल्य रहेको संस्थाले जनाएको छ ।
सफारी बितरण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि. का कर्जा बिभाग प्रमुख बचन कुमार चौधरी, शाखा कार्यालय खनारका शाखा प्रमुख सिमला कुमारी चौधरीबाट संयुक्त रुपमा ग्राहकहरुलाई हस्तान्रण गरिएको थियो ।
यस कार्यले बेरोजगारीहरुलाई स्वरोजगार बनाउनुका साथै परिवार चलाउन सहज हुने र आर्थिक रुपमा सुधार हुने अपेक्षा गरिएको संस्थाले जनाएको छ । यस संस्थाले प्रबिन चौधरी, कारी लाल चौधरी, खातुन बेगम, धनिद्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मिया, फरिदा खातुन र मो. सजाद लगायतका बेरोजगार, गरिवी तथा विपन्न समुदायका मानिसलाई हस्तान्तरण छ ।




