आर्थिक क्षेत्रको समसामयिक विषयमा छलफल

विराटनगर । आर्थिक क्षेत्रको समसामयिक विषयमा उद्योग संगठन मोरङको आयोजनामा रास्वपाका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य एवं अर्थविद्ध डा. स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाका साथ छलफल भएको छ ।
छलफलमा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले अर्थतन्त्रका आधार स्तम्भका रुपमा रहेका स्वदेशी उद्योग व्यवसायहरु आन्तरिक तथा वाह्य क्ष्ँेत्रको प्रभावमा परेको वताए । उनले वर्तमान समयमा बैंकहरूमा अधिक तरलता रहनुका साथै ब्याजदर पनि घट्दो भएतापनि उद्योग क्षेत्रले अपेक्षाअनुसारको गति लिन नसकेको दुख व्यक्त गरे । अध्यक्ष्ँ राठीले वाह्रय क्ष्ँेत्रमा छाएको अस्थिरताले आयातित कच्चा पदार्थमा निर्भर रहेका स्वदेशी उद्योगहरुको लजिष्टिक खर्च वृद्धि भई उत्पादन लागत र ब्यापार घाटा वढन गई अर्थतन्त्रमा दबाव सिर्जना भएको वताउदै आर्थिक मुद्दामा सम्पूर्ण राजनीतिक दलको साझा धारणा आउनुपर्नेमा जोड दिए ।
रास्वपाका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले आर्थिक विकासक्रम संकुचित हुदै गएको वताए । उनले नेपालको आर्थिक क्ष्ँेत्र कठिन अवस्थामा आइपुगेको चर्चा गर्दै अब रिफर्म तीव्र गतिमा गर्नुपर्ने धारणा राखे । डा. वाग्लेले युवा पलायन रोक्नका लागि स्वदेश मै सम्मानित रोजगारीका अवसर उपलब्ध गराई जिवन निर्वाह गर्नसक्ने वातावरण तयार गर्नुपर्ने धारणा राखे ।
उनले वर्तमान समयमा उद्योगी व्यवासायीहरुको अधिकतम समय आफनो व्यवसाय विकासमा भन्दा पनि अन्य कुराहरुमा खर्चिनु परिरहेको वताउदै उद्योगीलाई सहजताका साथ व्यवसाय विकास गर्नसक्ने वातावरण तयार गर्न राज्यको ध्यान केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे ।
रास्वपाका प्रवक्ता एवम् सांसद् मनीष झाले नेपालको विकास निर्माणलाई तीव्र गतिले अघि बढाउने हो भने एकीकृत रणनीति र योजना हुनुपर्ने धारणा राखे । प्रवक्ता झाले आर्थिक विकासका लागि अपरिहार्य रहेको उद्योग व्यवसाय क्ष्ँेत्रको समग्र हित हुनेगरी नीति निर्माण गर्नुपर्ने र त्यसका लागि आफुहरु प्रतिवद्ध रहेको वताए ।
संगठनका निवर्तमान अध्यक्ष्ँ राकेश सुरानाले विद्युत निर्यात गरिरहेको वर्तमान समयमा पनि उद्योगमा लोडसेडिङ र वारम्वार ट्रिपिङ भईरहने अवस्था विद्यमान रहेको वताउदै उद्योगलाई निरन्तर विद्युत उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
संगठनका पूर्व अध्यक्ष्ँ सुयश प्याकुरेलले उद्योगी व्यवसायीहरुले अधिकांश समय प्रकृयागत जटिलतालाई सरलीकरण गर्नमै खर्चिनु परेको, स–साना कामका लागि पनि महिनौ पर्खनुपर्ने जस्ता कारणले अन्य विषयहरुमा वृहत रुपमा सोच्न नपाईरहेको वताए ।
संगठनका कोषाध्यक्ष्ँ पारस लुनियाले कागज र कागजजन्य वस्तु निर्यात गर्दै आएको र सरकारले निर्यातका लागि गरिने उत्पादनमा प्रयोग भएका कच्चा पदार्थमा लागेको महसुल समायोजन नगरेको गुनासो पोखे ।
संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले एमएस वायर रडको महसुलका सन्दर्भमा नीति र कानुनमा छिटो छिटो परिवर्तन गरिदिदा उद्योगी अन्यौलमा परि लगानीकर्तामा निराशा छाएको वताउदै नीति निर्माण गर्दा दीगो वनाउनु पर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ भोलेश्वर दुलाल, उपाध्यक्ष्ँ सुरेन्द्र गोल्छा, विपिन कावरा, कार्यसमिति सदस्य विरेन्द्र राठी, सृजन प्याकुरेल, सिद्धार्थ कावरा, उकेश अग्रवाल, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष्ँ विकास वेगवानी, महिला उद्यमीहरु, नेपाली युवा उद्यमी मंच विराटनगर र सुनसरी च्याप्टरका पदाधिकारीहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।