बजेट वक्तव्य मार्फत समेटिएका अब्यवहारिक कर नीति विरुद्ध नेपाल सुनचाँदी ब्यवसायीको चरणवद्ध आन्दोलनको घोषणा

काठमाडौं । २०८२–०८३ को बजेट वक्तव्यमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्येक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजेको विज्ञेप्तिमा उल्लेख छ । यो ब्यवस्था लागु भएको खण्डमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला ब्यवसायी आफ्नो ब्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्ने बताइएको छ । महासंघका माग प्रति निजी क्षेत्रका छाता संगठन, उपभोक्तावादी संस्थाहरुले समेत एक्यबद्धता रहेको थियो ।
समस्या समाधानका लागि सम्मननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, राजनीतिक दलका प्रमूख नेता, नियमनकारी निकायमा समस्याको बारेमा अवगत गराउनुको साथै तत्काल समस्या समाधानको वाटो खोज्न आग्रह गरिएको विज्ञेप्तिमा उल्लेख छ । राष्ट्रिय सभाको उपभोक्ता हित उपसमिति, संघीय सम्सदको अर्थ समिति, पूर्व अर्थमन्त्री लगायत सवै पक्षवाट सकारात्मक प्रतिकृया र हाम्रा मागलाई सम्वोधन गर्ने प्रतिवद्धता भएको परिप्रेक्ष्यमा महासंघका तत्कालिन अवस्थाका सवै संघर्ष र आन्दोलनका कार्यक्रम स्थगन गरी रचनात्मक कार्यक्रम र छलफल तथा सम्वाद वाट समस्या समाधानका लागि समेत निरन्तर लागि रहेको विज्ञेप्तिमा उल्लेख छ ।
सरकारले ब्यवसायीका जायज मागलाई सम्वोधन गर्न तदारुकता नदेखाएको र निर्णयक पहलकदमी नभएको हुँदा हाम्रा मागहरु पुरा नभएसम्म हामी चरणवद्ध रुपमा आन्दोलनमा जान बाध्य भएका छौं, विज्ञेप्तिमा भनिएको छ । यसका लागि दुवै महासंघको तर्फवाट संयुक्तरुपमा, संयुक्त आन्दोलन परिचालन समिति र विभिन्न बिषयगत समिति गठन गरिएको छ ।
सोही समितिको आयोजनामा राष्ट्रियरुपमा विरोध सभा तथा विरोध र्याली आयोजना गर्नुका साथै त्यसपश्चात निरन्तर रुपमा आन्दोलनका कार्यक्रम गर्दै जाने र अनिश्चितकालिनरुपमा देशैभरका पसल ब्यवसाय बन्द गरी सडक आन्दोलन गर्ने निर्णण भएको उल्लेख छ ।
सम्वद्ध संघ मार्फत गर्ने विरोध कार्यक्रम: असार मसान्त सम्म ।
१. बिरोध कार्यक्रम (नारा सहितको ब्यानर, कालो झण्डा, हातमा कालो पट्टी बाँध्ने कार्यक्रमको निरन्तरता दिने ।) र अन्य रचनात्मक कार्यक्रम गर्ने ।
२.अव्यवहारिक कर नीति वारे व्यवसायका माग सम्वन्धमा सचेतना पम्प्लेट सदस्य तथा उपभोक्ताहरु लाई वितरण गर्ने ।
३. अव्यवहारिक करले व्यवसाय, उपभोक्तामा पार्न सक्ने प्रभावका बारे सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तथा आन्दोलन पूर्व तयारी सदस्य सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने ।
४. जनप्रतिनिधि जवाफदेही कार्यक्रम आयोजना गर्ने ।
महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रम ः
१. असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने जिल्ला सदरमुकाममा विरोध कार्यक्रम संचालन गर्ने । वागमति प्रदेशको हकमा काठमाडौंमा वृहत ¥याली सहित विरोध सभा गर्ने ।
२. सरकारले जायज माग सम्वोधन नगरेमा साउन १ देखि देशभरका सम्र्पूण सुन चाँदी ब्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने ।