चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन, ऋण तिर्ने समय थप

काठमाडौं । गभर्नर विश्व पौडेलले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेका छन।
राष्ट्र बैंकले सीमाभन्दा बढी लिएको कर्जा २०८२ असार मसान्तसम्म तिरीसक्नुपर्ने व्यवस्था गरेकोमा संशोधन मार्फत २ वर्ष थप गरी २०८४ असार मसान्तसम्म तिर्न समय सीमा दिएको हो। अब तिर्न बाँकी रकम समान अवधि कायम गरी सो अवधिसम्म भुक्तानी गर्न सक्नेछन।
२०८२ साउन १ गतेबाट लागू हुने भेरियन्ससम्बन्धी व्यवस्था पनि एक वर्ष पछिबाट मात्र लागु हुनेछ।
निर्देशित लगानीतर्फको कृषि, लघु, विपन्न वर्ग कर्जा लगानी गरिसक्नु पर्ने समय समेत बढाएको छ। अब कृषि कर्जा २०८३ असार मसान्तसम्म, एसएमई, ऊर्जा तथा पर्यटन क्षेत्रमा जाने कर्जा २०८५ असार मसान्तसम्म पुर्याए हुने भएको छ।